जनता बैंकको वार्षिक उत्सवमा निःशुल्क स्वास्थ्य

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 06, 2018 | 01:19:23 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी आफ्नो नवौँ वार्षिक उत्सव मनाएको छ । 

बैंकले चौतारा शाखा, सिन्धुपाल्चोकमा ‘स्वस्थ्यनारी पहल’ अभियान अन्तर्गत सञ्चालन गरेको शिविरमा ५ सय भन्दा बढी महिलाहरुले स्त्रीतथा प्रसुति रोग सम्बन्धि स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा स्वास्थ्य परीक्षण गराएका मध्ये आङखस्ने सम्बन्धी समस्याको अपरेशन गर्नु पर्ने बिरामीलाई निःशुल्क अपरेशनको व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 

 यसैगरी नयाँबानेश्वर शाखामा निःशुल्क थायोराइड परिक्षण शिविर राखिएको छ । साथै धनगडीशाखा, कैलालीमा निःशुल्क डेन्टल, आँखा र जनरल मेडिसिन परिक्षण शिविर संचालन गरेर बैंकले वार्षिक उत्सव मनाएको छ । यसै अवसरमा शनिबार नयाँबानेश्वर शाखामा निःशुल्क स्वास्थ्यशिविरको आयोजनागरिएको छ । उक्तशिविरमा स्त्रीतथा प्रसुति रोग, हाडजोर्नी ग्यास्ट्रो, नाक, कान, घाँटी रजनरल मेडिसिन सम्बन्धी निःशुल्क परिक्षणको व्यबस्था गरिएको बैंकले जनाएको छ । बैंकले वार्षिक उत्सवको अवसरमा नयाँबानेश्वर, बिराटनगर, हेटौडा, नारायणघाट, पोखरा, वुटुवल, भैरहवा, नेपालगञ्ज र धनगढी शाखामा रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । 

बैंकले समाज प्रतिष्ठान दमकको जेष्ठनागरिक आवासलाई २५ हजार नगद र समाज कल्याण आँचल अनाथालय महेन्द्रनगरका २० जना विद्यार्थीहरुलाई पोषाक र १० हजार बराबरको खाद्यान्न पनि वितरण गरेको छ । यसैगरी बैंकले देशका विभिन्न विद्यालयका ४४ जना विद्यार्थीलाई २ लाख २० हजार छात्रवृत्ति पनि वितरण गरेको जनाएको छ । बैंकले हाल देशभर रहेका १ सय ६ शाखा मार्फत सेवा प्रदान गर्दै  ५३ अर्ब निक्षेप संकलन तथा रु. ५० अर्ब कर्जा प्रबाह गरेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved