एनआईसी एसियाद्वारा कर्णालीका बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 06, 2018 | 07:54:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया ले कर्णाली प्रदेशका जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ। बैंकले बिद्यार्थीहरुलाई छात्रवृत्ति स्वरूप दुई लाख वितरण गरेको जनाएको छ। 

जेहेन्दार बिद्यार्थीहरुको अध्ययनका लागि सहजता होस भन्ने उदेश्यले कालिकोटबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पिडित विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो। 

बैंकले आफ्ना शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको छ। 

देशभरका आफ्ना १९२ वटा शाखा कार्यालय, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बैंकिङ्ग मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस अवधिमा बैंकले १ खर्ब ३० अर्ब निक्षेप संकलन गरि १ खर्ब ६ अर्ब कर्जा लगानी प्रवाह गरेको छ।       



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved