एनआईसी एशियाको नयाँ शाखा विस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 04:10:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका गीतानगरमा आजदेखी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र बैंकका संचालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरे । 

कार्यक्रमका मेयर दाहालले एनआईसी एशिया बैंकको शाखा सञ्जाल विस्तारको रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा बैंकका संचालक अर्यालले बैंकले देशका सबै भेगका सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने उदेश्य अनुसार शाखा विस्तारलाई तीव्रता दिईएको बताए । 

हाल बैंकले १ सय ९२ शाखा, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १ सय ५४ अर्ब, कुल कर्जा करिब  १ सय ६ अर्ब र कुल निक्षेप करिब १ सय ३० अर्ब पुगीसकेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved