माछापुच्छ्रे बैंकद्धारा आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 09, 2018 | 04:53:42 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक लिमिटेडले मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । सनिबार बैंकले मातृभूमि महिला समाजमा रहेका अनाथ, भूकम्प पिडित, द्वन्द पिडित तथा १५ जना विधार्थीहरुलाई ५ महिना सम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी १ ला ५० हजार र सोमबार टिच फर नेपाललाई समेत ५ लाख आर्थिक सहयोग गरेको हो ।

बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापाले दुवै संस्थालाई चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले हाल ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टर, ८६ वटा एटीएम र १५ शाखा रहित सेवा मार्फत आफ्ना सेवाहरु प्रदान गरिरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved