एनआईसीको नयाँ शाखा गैडाकोटमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 01:06:35 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोट स्थित काङ्ग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । 

मंगलबार गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल र बैक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले संयुक्त रुपमा शाखाको उद्घाटन गरे । मेयर पौडेलले स्थानिय निकायमा बैकिङ्ग सेवा नपुगेको बेलामा ‘क’ वर्गको बैक गैडाकोट आउनु आर्थिक समृद्धिका लागि नयाँ आयाम भएको बताए । गैडाकोट उद्योग बाणिज्य संघका अधयक्ष अमृत भट्टचनले बैंकको शाखा गैडाकोट आएपछि आर्थिक विकासमा अगाडी बढिरहेका गैडाकोट वासीलाई थप सहज भएको बताए । 

बैंकले हालसम्म १ सय ९२ शाखा, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १ सय ५४ अर्ब, कुल कर्जा १ सय ६ अर्ब छ र कुल निक्षेप १ सय ३० अर्ब पुगिसकेको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved