एनआईसि र आईएफसीबीच दीर्घकालिन कर्जा सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 05:10:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसि एशिया बैंक लिमिटेड र आईएफसीबीच दीर्घकालिन कर्जा लिने दिने सम्बन्धनमा एक कार्यक्रमकाबीच कर्जा सम्झौता पत्र आदानप्रदान भएको छ । दीर्घकालिन कर्जा सापटी लिनको लागी बैंकले नेपाल राष्ट्र बैंकमा आवेदन गरिसकेको छ । 

उक्त कार्यक्रममा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र आईएफसीका तर्फबाट आईएफसीका आवासिय प्रतिनिधि रोशन रशिद सहभागी थिए । देशको अहिलेको तरलताको अबस्थाले स्वदेशी स्वदेशी बजारबाट मात्रै सरकारले तोकेको आर्थिक वृद्धि हाँसिल गर्न आवश्यक पर्ने कर्जाको माग पूर्ति गर्न नसकिने भन्दै बैंकले अन्तराष्ट्रिय बैंक तथा वित्तिय संस्थाबाट दीर्घकालिन कर्जा लिने पहल गरेको हो ।

उक्त कर्जाबापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गरी देशको आर्थिक विकासमा सहयोग पु¥याउने बैंकले जनाएको छ । 

बैंकले हालसम्म १ सय ९२ शाखा, १ सय ९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैङ्किङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १ सय ५४ अर्ब, कुल कर्जा १ सय ६ अर्ब छ र कुल निक्षेप १ सय ३० अर्ब पुगिसकेको बैंकले जनाएको छ ।

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved