जनउत्थान लघुवित्त आठौ वर्षमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 10, 2018 | 06:03:08 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंक लि. ले ८ औं बार्षिक उत्सव मनाएको छ । तराईका १० वटा र पहाडका ५ वटा जिल्लामा गरी ३१ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आएको लघुवित्तका हाल २३ हजार ५ सय सदस्य रहेका छन् । 

मंगलबार बार्षिक उत्सवको अवसरमा बैंकले लघुवित्तको क्षेत्रमा देखा परेको चुनौतीहरु तथा अवसरहरुका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यस लघुवित्त “स्वाधिन अर्थतन्त्रका लागी समावेशी बित्तिय प्रणलीको निमार्ण” भन्ने नाराका साथ २०६६ चैत्र २७ मा स्थापना भएको थियो । 

यसैबीच यस लघुवित्तले चितवनको भरतपुर महानगरपालिका कविलासमा नयाँ शाखा पनि सञ्चालनमा ल्याएको छ । चितवन जिल्ला क्षेत्र नं.२ (क) का प्रतिनिधी सभा सदस्य कृष्ण भक्त पोख्रेलले उद्घाटन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले बैकको हाल सम्मको प्रगती बिबरण सुनाएका थिए । बैंकको वार्षिक उत्वसका अवसरमा सबै शाखाले विभिन्न कार्यक्रम गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved