सिद्धार्थ बैंकद्वारा मन्दिर निर्माणमा आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 11, 2018 | 03:26:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले जिरौना चितवनस्थित नव निर्मित कृष्ण प्रणामी मन्दिरलाई निर्माण सहयोगार्थ एक लाख पाँच हजार आर्थिक सहयोग प्रदान गरेको छ । सिद्धार्थ बैंक नारायणघाट शाखाका शाखा प्रबन्धक अनन्त श्रेष्ठ र सिद्धार्थ बैंक टाँडी शाखाका शाखा प्रबन्धक अभिषेक कुमार थापाले मन्दिर संचालक समितिका अध्यक्ष श्याम बराललाई संयुक्त रुपमा हस्तान्तरण गरे । 

हालै बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर सहित १ सय वटा शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा,  १०८ एटिएम र ६ सय ८७ पिओएस मेसिन मार्फत् सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप ८७ अर्ब ५७ करोड र कर्जा लगानी ७९ अर्ब २९ करोड गरेको छ भने सोही अवधीमा बैंकले १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved