सिटिजन्स बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 11, 2018 | 04:38:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कमल निम्न माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको छ । हरेक वर्ष आफ्नो बार्षिक उत्सवको अवसरमा विभिन्न संस्थालाई आर्थिक सहयोग गर्दै आएको बैंकले उक्त “योर पार्टनर फर प्रोग्रेस” भन्ने नाराका साथ विद्यालयलाई २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले विद्यालयका प्राचार्य एम बि खड्कालाई चेक हस्तान्तरण गरे । सिईओ भण्डारीले  मानिसमा उद्यमशिलताको  विकास हुनु आवश्यक रहेको भन्दै सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भएमात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न क्षेत्रमा कार्यक्रम चलाउने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved