एनआइसी एसिया लघुवित्तको अध्यक्षमा खनिया मनोनीत, संचालक सदस्यमा को–को आए ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 12, 2018 | 08:25:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआइसी एसिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनि एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा नयाँ संचालक मनोनित गरिएको छ। अर्जुन राज खनियालाई संचालक समितिको अध्यक्षमा मनोनित गरिएको जनाइएको छ। 

अध्यक्षमा नियुक्ति पाएका खनालले नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन। खनिया एनआईसी एसिया बैंकको मुख्य जनसम्पर्क अधिकृतको रुपमा जिम्मेवारी निभाउदै आएका थिए। नियुक्ति पाउने अन्य संचालकमा दिनेश भारि, बिशाल सिग्देल, तेज राज तिमिल्सेना र पदम ठकुल्ला छन।    

एनआईसी एसिया लघुवित्त भेरी अंचलको जाजरकोट खलङ्गामा केन्द्रिय कार्यलय स्थापना गरि यसै बर्ष मङ्सिर १२ देखि संचालनमा आएको हो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved