ग्लोबल आइएमई बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 12, 2018 | 02:37:51 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले २ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले बुधबार कालिकोट जिल्लाको रास्कोट नगरपालिकास्थित स्यूना र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिकास्थित उत्तमचोकमा नयाँ शाखा संचालनमा ल्याएको हो । एकैदिन २ शाखा संचालनमा ल्याएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय २२ पुगेको छ । 

बैंकले हाल १ सय २२ वटा शाखा, १ सय २८ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवा र अष्टे«लिया, बेलायत र भारतमा समेत सम्र्पक कार्यालय स्थापना गरी ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved