नबिल बैंकद्धारा मोबाइल एप सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 13, 2018 | 01:30:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकले नबिल इन्भेष्ट एप्लिकेसन सार्वजनिक गरेको छ । यो एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको र आइओएसमा पनि चाँडै आउने बैंकले जनाएको छ । 

यस मोबाइल एपबाट नबिल इन्भेष्टमेन्टको डिम्याट खाता, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस् (पिएम्एस), सामुहिक लगानी कोष, शेयर बाँडफाँड, शेयर बजार, तथा समसामायिक सुचनाहरु सजिलै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

यस एप मार्फत डिम्याट खाता तथा पिएम्एसको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न बैंकले जनाएको छ । बैंकले छिटै एप मार्फत डिम्याट खाता खोल्न सक्ने तथा अनलाइन पेमेन्ट गर्न सक्ने लगायतका सुविधा पनि सुरु गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved