एनआईसी एशियाद्धारा नयाँ सालको क्यालेन्डर सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 13, 2018 | 05:37:56 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालले बैंकको रजिस्ट्र्राड कार्यालय, थापाथलीमो क्यालेन्डर सार्वजनिक गरे । क्यालेन्डर सार्वजनिक गर्दै उनले नयाँ वर्षको अवसरमा ग्राहक, सेयरधनि, नियमनकारी निकायहरु, कर्मचारी लगायत सबैलाई शुभकामना पनि दिए । कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष जगदीश प्रसाद अग्रवाल र बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपान पनि उपस्थित थिए ।

हाल बैंकले मुलुकभर गरी १ सय ९२ शाखा कार्यालयहरु, १ सय ९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्पmत् आफ्नो सेवा प्रदान गर्दै आएको छ  । बैंकको वासलातको आकार  १ सय ५५ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब १ सय ७ अर्ब र कुल निक्षेप करिब  १ सय ३१ अर्ब पुगीसकेको बैंकले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved