प्रभु बैंक र मेडिसिटी हस्पिटलबीच सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 15, 2018 | 03:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक र मेडिसिटी हस्पिटलबीच सेवा सुविधामा लाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्झौता भएको छ । आईतबार बैंक र ललितपुर महानगरपालिका सैंबुमा रहेको नेपाल मेडिसिटी (अश्विन्स मेडिकल कलेज एण्ड हस्पिटल प्रा.लि.) बीच बैंक का कर्मचारी तथा ग्राहकहरुलाई सेवा सुविधामालाग्ने शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर अशोक खड्गी र नेपाल हस्पिटलका तर्पmबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे । 

सम्झौता अनुसार अब बैंकका कर्मचारी तथा प्रिभिलेज कस्टुमर एवं डेविट तथा क्रेडिट कार्ड होल्डरहरुलाई नेपाल हस्पिटलमा प्रदान गरिने सेवामा लाग्ने सेवा शुल्कमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । सम्झौता पश्चात् बैंकका कर्मचारी र ग्राहकले सुलभ मूल्यमा नेपाल मेडिसिटी हस्पिटलको स्वास्थ्य सेवा उपभोग गर्ने बैंकको विश्वास छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved