माछापुच्छ्रे बैंकका थप ३ शाखा रहित बैंकिंग सेवा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 15, 2018 | 04:37:34 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे  बैंक लिमिटेडले बाँके, बर्दिया र कास्कीमा ३ शाखा रहित बैंकिंग सेवा संचालनमा ल्याएको छ । बैंकले चैत्र २८ गते बाँकेको बैजनाथगाउँपालिका बनकटुवा, बर्दियाको वासगढि नगरपालिका बबई र २०७५ बैशाख २ गते कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसमा गरी ३ शाखा रहित बैंकिंग सेवा संचालनमा ल्याएको छ ।

३ शाखा रहित बैंकिंग सेवा सुचारु भएसँगै बैंकको हालसम्म १८ शाखा रहित बैंकिंग सेवा पुगेका छन् । शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको बैंकले जनाएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ । 

यूकेएड सक्षमको सहकार्यमा बैंकले २० वटा ग्राहक सेवा केन्द«हरु स्थापना गर्ने, १४ जिल्लामा विपन्नवर्ग कर्जा प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्दै आएको छ । बैकले हाल ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टर, १८ शाखा रहित बैंकिंग सेवा र ८६ वटा एटीएम मार्फत बैंकिंग सुबिधा प्रदान गरिरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved