एनआईसी एशिया डेबिट/क्रेडिट कार्डको प्रयोगमा बर्षभर बिशेष छुटको व्यवस्था

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 16, 2018 | 07:52:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसियाले आफ्ना डेबिट एवं क्रेडिट कार्ड प्रयोगकर्ताका लागि प्रत्येक खरिदमा बिशेष छुटको व्यवस्था गरेको छ। एनआईसी एसियाको डेबिट एवं क्रेडिट कार्ड मार्फत तोकिएका स्थानबाट खरिद गर्दा बर्षभर ५ देखि ५० प्रतिशतसम्म छुटक सुविधा भएको बैंकले जनाएको छ। 

बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरु लगायतका ३० भन्दा बढी संस्था तथा ब्यापारिक केन्द्रहरुबाट सेवा-वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद मूल्यको ५ देखी ५० प्रतिशतसम्म छुटको सुविधा उपलब्ध हुने जनाइएको छ।

बैशाख १ देखि लागू हुने यो सुविधा बर्ष भर कायम रहने बैंकले जनाएको छ। यस सुविधाबाट ग्राहकहरुलाई अत्यधिक लाभ पुग्ने बैंकको बिश्वास छ। 

एनआईसी एसियाले देश भर रहेका १९२ शाखा कार्यालय, ९६ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ्ग मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।   


     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved