मेगामा टुरिजम डेभलपमेन्ट बैंक गाभिन अन्तिम स्वीकृति, कहिले होला एकीकृत कारोबार ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 20, 2018 | 09:53:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति पाएका छन। बिहिबार बसेको राष्ट्र बैंकको संचालक समितिको बैठकले यी दुई बैंकलाई आपसमा गाभिन अन्तिम स्वीकृति दिएको हो। 

यहि बैशाखको अन्तिम साता एकीकृत कारोबार गर्ने गरि राष्ट्र बैंकले बिहिबार अन्तिम स्वीकृति दिएको मेगा बैंकका अध्यक्ष भोज बहादुर शाहले बिजपाटीलाई जानकारी दिएका छन। 

एक आपसमा गाभिन सम्झौता भएको करिब १५ महिनापछि यी दुई बैंकले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएका हुन। राष्ट्र बैंकबाट औपचारिक पत्र प्राप्त भएपछी बैंकले २१ दिनको सूचना निकालेर एक आपसमा गाभिएको औपचारिक निर्णय गर्नेछ।

मेगाको १०० रुपैयाँ बराबर टुरिजमको ९५ रुपैयाँ कायम गरेर मर्जरको निर्णय भएको हो। जस अनुसार टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले  ०.९५ कित्ताको अनुपातमा मेगाको शेयर पाउनेछन्।    

हकप्रद शेयर सहित मेगाको चुक पुंजी ७ अर्ब ५६ करोड हुनेछ भने टुरिजमको २ अर्ब १ करोड रुपैयाँ छ। दुवै बैंक मर्ज भएपछी चुक्ता पुंजी ९ अर्ब ४७ करोड नाघ्नेछ।मेगा बैंकले गत आर्थिक बर्षको कमाईबाट ९.४५ प्रतिशत बोनस  शेयर घोषणा गरेको छ भने टुरिजमले १५ प्रतिशत बोनस सेयरको प्रस्ताब गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved