ज्योति बैंक र यूनियन इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 20, 2018 | 01:47:29 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । शुक्रबार भएको सम्झौतामा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीे र इन्स्योरेन्स कम्पनीको तर्फबाट वरिष्ठ नायब महाप्रवन्धक कपिल कुमार ढकालले हस्ताक्षर गरे । बैंकका ग्राहकहरुले बैंकको सबै शाखाबाट इन्स्योरेन्स कम्पनीको जीवन वीमा सम्बन्धि सेवा सहज रुपले लिन सक्ने बताईएको छ । 

हाल बैंकले ५० वटा शाखा र १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १५ अर्व ६ करोड निक्षेप संकलन गरी १३ अर्व ८५ करोड ऋण लगानी गरेको छ । बैंकको हालको चुक्तापूँजी २ अर्व ५९ करोड रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved