सिटिजन्स बैंक बार्हौ वर्षमा प्रवेश

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 20, 2018 | 02:44:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाह्रौ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तर दायित्व अन्र्तगत बैंकले १५ जना जेहेन्दार विद्यार्थीहरुलाई ‘बाल विकास समाज कपनद्धारा’ १ लाख ५० हजार छात्रवृत्ति प्रदान गरेको छ । माथिल्लो डोल्पाका बालबालिकाको लागी १ लाख, म्युजीक कम्पोजर एसोसीएसन’ नेपाललाई १५ लाख, एड्स संक्रमित बालबालिकाहरुका लागी १ लाख  र ‘Baby Life Home’ किर्तिपुरलाई २ लाख गरेको छ । बैंकले ‘मानव अङ्ग प्रत्यारोपण केन्द्रलाइ’ २ लाख ‘त्रिवेण्ी सामुदायिक पुस्ताकलय तथा श्रोत केन्द्रलाई ५० हजार र दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि’ लाई पाँच थान फ्रीज सहयोग गरेको छ । ‘किल्नीक वानलाई १ लाख, ‘अभय उपचार केन्द्र’लाई २ लाख, कमल निम्न माध्यमिक विद्यालयलाई २ लाख ५ हजार ‘कुलेश्वर माध्यमिक विद्यालयलाई १ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । 

बैंकले वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने ‘Citizens Golf Tournament-2018’ तथा ‘6th Citizens Lawn Tennis Tournament’ सम्बन्धी जानकारी पनि दिएको छ । वार्षिकोत्सवका अवसरमा बैंकले २०७४ चैत्र २४ र २५ गते आयोजना गरेको चाँैथो संस्करणको ‘Citizens Interbank Futsal Tournament -2018’] मा १६ वटा वाणिज्य बैंक सहभागी भएका थिए । 

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नाराका साथ २०६४ बैशाख ७ गते २०आंै वाणिज्य बैंकको रुपमा स्थापित सिटिजन्स बैंकले हालसम्म ६८ वटा शाखा र ६८ वटा एटिएमबाट सेवा दिँदै आएको छ । आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रैमासिकसम्म ६० अर्व २५ करोड निक्षेप संकलन गरि ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको र सोहि अवधिमा १ अर्व १७ करोड ७४ लाख संचालन मुनाफा र १ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे जनाएको छ ।  







 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved