माछापुच्छ्रे बैंक र युनिभर्सल पेमेन्टबीच सम्झौता, टर्कीबाट रेमिट्यान्स भित्र्याउने 'पहिलो बैंक'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 23, 2018 | 10:26:03 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक र टर्की स्थित युनिभर्सल पेमेन्ट ट्रान्सफरबिच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र युनिभर्सल पेमेन्ट ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा संचालक समिति सदस्य शेरहन काभीले हस्ताक्षर गरे।

यस सम्झौतासंगै टर्कीबाट नेपाल रेमिट्यान्स भित्र्याउने माछापुच्छ्रे पहिलो भएको बैंकको दाबी छ। युनिभर्सल पेमेन्ट ट्रान्सफर टर्की स्थित अक्टिफ बैंकको स्वामित्वमा रहेको रेमिट्यान्स कम्पनी हो।

उक्त सम्झौतासंगै टर्कीमा कार्यरत करिब १२ हजार नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र टर्कीबाट युनिभर्सल पेमेन्ट ट्रान्सफर रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रेका सबै शाखाहरु मार्फत भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकले ६२ वटा शाखा, ८६ वटा एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत १८ शाखा रहित बैंकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको बैकले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved