नेप्सको सिइओमा क्षेत्री

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 26, 2018 | 12:57:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रमुख कार्यकारी अधिकृतमा प्रविन प्रकाश क्षेत्री नियुक्त भएका छन् । यस अघि बैंक अफ काठमाण्डू लिमिटेडमा नायव महाप्रवन्धकको रुपमा रहेका उनीले स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नविल बैंक लिमिटेडमा समेत काम गरिसकेका छन् । 

१५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संचालित नेप्स, बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने संस्था हो । कम्पनीले १२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved