ग्लोबल आइएमई र आइएफसीबीच कर्जा लेनदेन सम्बन्धि सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 29, 2018 | 09:53:28 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक र बिश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय संस्था (आइएफसी) बीच कर्जा लेनदेन सम्बन्धि सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएफसीका आवासीय प्रतिनिधि मोहमद रेहान रसिदले हस्ताक्षर गरेका छन। 

सम्झौता अनुसार ग्लोबल आइएमईले निश्चित ब्याजदरमा आईएफसी मार्फत कर्जा लिनेछ। कर्जा सापटी सहमति नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात लागू हुनेछ। त्यस्तै आइएफसीले ग्लोबल आइएमईलाई ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम अन्तर्गत पनि ट्रेड लाइन प्रदान गरेकोे बैंकले जानकारि दिएको छ।     

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको वित्तीय तरलताको समाधान गर्न राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई बिदेशी बैंक तथा वित्तीय संस्थाबाट आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशत बराबर ऋण लिन सक्ने बाटो खुला गरेको छ। त्यसयता करिब दर्जन बढी बैंकहरुले बिदेशी बैकबाट ऋण ल्याउने प्रक्रिया अगाडी बढाएका छन। 

ग्लोबल आइएमईले देशभरका आफ्ना १२२ शाखा १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ समेत सेवा प्रदान गर्दै आईरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved