“Financial Fraud Conference” आयोजना हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2018 | 12:21:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (NBI) ले काठमाडौँमा “Financial Fraud Conference” आयोजना गर्ने भएको छ । भारतको Fintelekt संस्थासँगको सहकार्यमा (NBI) ले बैशाख २४ गते बैंक तथा वित्तीय क्षेत्रमा बढेका अपराधलाई मध्नजर राख्दै अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले एक दिने सम्मेलन आयोजना गर्न लागेको हो । 

कार्यक्रममा वित्तीय अपराधहरु पत्ता लगाउने तरिका, अनुगमन, निदान तथा सुपरीवेक्षण गर्दा आईपर्ने चुनौतीहरु के कस्ता छन् भन्ने बारेमा छलफल हुने र वित्तीय अपराधलाई न्यूनिकरण गर्न अपानाउनु पर्ने उपायका विषयमा छलफल हुने छ । सम्मेलनमा स्रोतव्यक्तिहरुको रुपमा भारतबाट Mr. Prasun Singh (Chief of Internal Vigilance, HDFC Bank Ltd) / Ms. Priyanka Kadam ( Director of regulation, First Data) लगायतका विज्ञहरु सहभागी हुनेछन् ।

सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १ सय ५० भन्दा बढी बैंकिङ्ग कर्मचारीहरु सहभागिता हुने विश्वास लिईएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved