सेन्चुरीमा अनुभवी सीइओ तुलसीरामले सम्हाले कार्यभार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 02, 2018 | 01:33:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सेन्चुरी कमर्शियल बैंकका सीईओ तुलसीराम गौतमले आज बैशाख १९ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन्  । गौतमलाई बैंकको सञ्चालक समिति तथा का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले स्वागत गरेका थिए। गौतम चैत १ गते बैंकको  सीईओ चयन भएका थिए । 

 गौतम ४ महिना अघि मात्र इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।  त्यस अघि भने उनी माछापुच्छ्रे बैंकको सीईओ थिए ।  माछापुच्छ्रे आउनु अघि गौतम नेपाल एसबिआइका प्रमुख क्रेडिट अफिसर थिए ।  ३० वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनले तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका हुन् । एसबिआइमा उनी १० बर्ष सम्म रहे । 

उनले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङ्ग र वित्त विषयमा स्नातकोत्तर , अर्थशास्त्रमा स्नातक , मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन् । करिब ३६  वर्ष बैकिङ क्षेत्रमा बिताएका गौतमसँग जोखिम विश्लेषण र कर्जा लगानीमा राम्रो दख्खल छ ।

सेञ्चुरी बैंकले यसअघि अनिल केशरी साहलाई सीइओ बनाउने निर्णय गरेको थियो । तर तलबमा कुरा नमिलेपछि साह सेन्चुरी छाडेर नबिल बैंकमा गएका छन् । 

सेन्चुरी बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved