सिभिल ट्याब बैंकिङ सेवा सुरु

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 12:59:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले “घरमै बसि बसि बैंकिङ्ग खुशी खुशी” भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ । बुधबार नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिव राज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरे । सूचना प्रविधिलाई उपयोग गरी ग्राहकहरुलाई सहज बैंकिङ्ग सुविधाहरु घर–दैलोमै उपलब्ध गराउने उद्देश्य अनुरुप यो सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ । 

सिभिल ट्याब बैंकिङसेवामा घरबाटै आफूले चाहेकै स्थानमा खाता खोल्न, चेक डिपोजिट गर्न सकिनेछ । सिभिल बैंकले हालसम्म ३६.९६ अर्व निक्षेप परिचालन गरिसकेको छ भने ३६.२८ अर्व कर्जा लगानी गरेको छ । हाल बैंकको कुल शाखा संख्या ६० पुगेकोे छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved