गभर्नर्स कप अन्तरबैंक फुटसलको उपाधि एनआईसी एशिया बैंकलाई

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2018 | 08:59:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकको ६३ औैं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल राष्ट्र बैंकद्वारा आयोजना गरीएको गभर्नर्स कप अन्तरबैंक फुटसल प्रतियोगिता २०७५ मा एन आई सी एशिया बैंक लिमिटेडले  प्रथम स्थान हासिल गरेको छ । यस प्रतियोगितामा १६ फुटसल टिमको सहभागिता रहेको थियो । जस मध्ये एन आई सी एशिया बैंकले उत्कृष्ट प्रर्दशन गर्दै प्रथम उपाधि आफ्नो पक्षमा पारेको हो । 

बैंकले मुलुकभर १९९ शाखा कार्यालयहरु, १९८ एटिएम, ५ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको छ । बैंकको वासलातको आकार रु १५८ अर्ब भन्दा बढि रहेको  छ भने बैंकको कुल कर्जा करिब रु. १०९ अर्ब र कुल निक्षेप करिब रु. १३३ अर्ब पुगेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved