प्रभु बैंकले १० प्रतिशत शेयर सर्वसाधारणमा रुपान्तरण गर्दै, लगानीकर्तासँग माग्यो अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 07, 2018 | 11:59:46 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले शेयर स्वामित्व संरचना परिवर्तन गर्ने भएको छ । बैंकले संस्थापक र सर्वसाधारण शेयरको अनुपात ५१:४९ कायम हुने गरी  संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने लागेको हो । हाल बैंकमा संस्थापक र सर्वसाधारण शेयरको अनुपात ६१.३१:३८.६९ रहेको छ । 

बैंकको बैशाख १९ गते बसेको संचालक समितिको बैठकले शेयर संरचना परिवर्तन गरी संस्थापकको स्वामित्व ५१ प्रतिशत कायम राखी बाँकि शेयर सर्वसाधारणमा रुपान्तरण गर्नेको लागि राष्ट्र बैंकको स्वीकृतिको लागि पठाउने निर्णय गरेको हो । 

बैंकले शेयरधनीलाई आफ्नो नाममा कायम संस्थापक शेयर ५१ प्रतिशत कायम गरी बाँकी सर्वसाधारणमा परिणत गर्नको लागि स्वघोषणा गरी त्यसको जानकारी ३५ दिनभित्र गराउन अनुरोध गरेको छ  । यदि रुपान्तरण गराउन नचाहेमामा पनि सो को जानकारी ३५ दिन भित्र जानकारी गराउन बैंकले आग्रह गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved