गरिमाविकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सो सम्बन्धी समझदारी पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र इन्स्योरेन्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत नारायणबाबू लोहनीले हस्ताक्षर गरे । सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले रिलायवल नेपाललाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने छन् ।