सेञ्चुरी बैंक र जिएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2018 | 04:14:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जिएमई रेमिट्बीच बैशाख २३ गते रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता अनुसार सेञ्चुरी बैंकका सम्पूर्ण शाखाबाट जिएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरे । 

बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved