ग्लोबल आईएमई र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालबीच ब्यान्कासोरेन्स सम्झौता

निरोज कुमार थापा

निरोज कुमार थापा

May 08, 2018 | 04:40:13 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक लि. र लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालबीच ब्यान्कासोरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि.का शाखाहरु मार्फत लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालको जीवन बीमा बीमालेखहरु खरिद गर्न र जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र इन्सुरेन्स कर्पोरेसन नेपालका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे ।  

बैंकले १ सय २२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved