मुक्तिनाथ विकास बैंकको शाखा विराटनगरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 09, 2018 | 03:47:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि.ले विराटनगर महानगरपालिकास्थित जलजला चोकमा नयाँ शाखा विस्तार गरेको छ । बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले उक्त शाखाको उद्घाटन गरे । वैंकको योे ७८ औं शाखा हो । 

कार्यक्रममा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल (धुर्मुश) र कुञ्जना घिमिरे (सुन्तली) ले मुक्तिनाथ विकास बैंक बैंकिङ्ग कारोबारसंग मात्र आवद्ध नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको भन्दै नगरवासीलाई बैंकमा आवद्ध हुन आव्हान गरे । कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष शिव रिजाल तथा लायन्स डिष्ट्रीक्ट ३२५ए१ का गभर्नर लिला ढुंगेल लगायतको उपस्थिति थियो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved