एक नम्बर प्रदेशमा गरिमा विकास बैंकका ८ शाखा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 09, 2018 | 04:08:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेडले प्रदेश नं. १ का झापा, मोरङ र सूनसरी जिल्लाका ८ स्थानमा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको छ । बैंकले झापाको विर्तामोड, बूधबारे र बनियानी, मोरङको विराटनगर, विराटचोक र टंकीसिनवारी र सूनसरी जिल्लाको इटहरी र धरानमा शाखा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरेको हो ।  गत चैत्र २१ गते मोरङको विराटनगर, बैशाख ७ गते सूनसरीको इटहरी, बैशाख १६ गते झापाको बूधबारे, मोरङको टंकीसिनवारी, बैशाख २४ गते विराटचोक र सूनसरीको धरान र झापाको बनियानीबाट बैंकले कारोबार शूरु गरको हो ।  

बैंकले राजधानीमा छ शाखा सहित देशभर ५७ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । बैंकले बैशाख २४ गतेसम्म १८ अर्ब ८० करोड रुपैंया निक्षेप संकलन गरि १७ अर्ब २२ करोड रुपैंया कर्जा लगानी गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved