जनता बैंकको नयाँ शाखा लमजुङको दोर्दीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 13, 2018 | 03:17:55 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले लमजुङको दोर्दी गाउँपालिमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको प्रदेश नंं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गरुङले बैशाख २८ गते उद्घाटन गरे ।बैंक संचालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीले बैंकले विभिन्न सामाजिक कार्यहरु गरिरहेको स्मरण गराउदै यस क्षेत्रमा पनि आगामी बर्षमा नयाँ कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाए । 

बैंकले शाखा उद्घाटनकै अवसरमा दोर्दी गाउँपालिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बैंकको आयोजना तथा अल्का अस्पताल जावलाखेलको प्रविधिक सहयोगमा एक दिने स्त्री तथा प्रसुती रोग, नाक÷काँन÷घाँटी रस्वास्थ्य परिक्षणको शिविर संचालनमा ३ सय २४ जनाले स्वास्थ्य परिक्षण गराएको बैंकले जनाएको छ । बैंककै आयोजना र नेपाल नेत्रज्योति संघ तथा हिमालय आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा सोही स्थानमा बैशाख २८, २९ र ३० गते ३ दिने आँखा शिविर संचालन गरेको छ । कुल ८ सय ६५ जनाले आँखाजाँच गराएकोमा १६ जनाको निःशुल्क अपरेशन गरिएको बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved