बैंकबाट अत्यधिक मुनाफा खोज्नेलाई अन्य व्यवसाय रोज्न गभर्नर नेपालको सुझाब

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 13, 2018 | 05:56:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले अत्यधिक मुनाफा खोज्ने संचालकहरुलाई बैंक छाडेर निजि व्यवसाय रोज्न सुझाब दिएका छन। टुरिजम डेभलपमेन्ट र मेगा बैंकबीचको मर्जर कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ड़ा नेपालले बैंक संचालकहरु अत्यधिक नाफामुखी हुन नहुने सुझाएका छन। 

'लगानी गरेपछि प्रतिफलको आशा गर्नु स्वाभाविक हो, तर बैंकिङ क्षेत्र अन्य क्षेत्र जस्तो पूर्ण रुपमा प्रतिफलमुखी हुँदैन' ड़ा नेपालले भने, 'नाफामुखी मात्र नहुनुहोस भन्दा धेरैले सुनेनन, अब सुन्नुहोस, अत्यधिक मुनाफा खोज्ने हो भने तपाईहरु अन्य व्यवसायमा लाग्नुहोस।'

बैंकमा कुल लगानीको ८-१० प्रतिशत संचालकको लगानी भएपनि बाँकी ९० प्रतिशत सर्वसाधारणको निक्षेप भएकाले जनताको पैसालाई गलत तरिकाले उपयोग नगर्न गभर्नर नेपालले सुझाब दिएका छन। जनताको पैसालाई गलत तरिकाले उपयोग गर्ने कुनै पनि बेला कारबाहीको भागीदार बन्न सक्ने चेतावनी दिंदै बैंकका संचालकहरुलाई नाफामुखी नबन्न उनले निर्देशन दिएका छन। 

गभर्नर नेपालले भने, बैंकिङ क्षेत्र जनता पैसालाई जिम्मेवारी पुर्वक लगानी गर्नका लागि स्थापना भएको क्षेत्र हो, जनताको पैसा तलमाथि हुन्छ भने नियामक निकाय स्वयम उपस्तिथ हुन्छ, बैंकमा आएजति पैसा संचालकले मेरो हो भन्ने नसोच्नु।' 

बैंक व्यवस्थापक संचालक तथा प्रोमोटर शेयरधनिहरुको दबाबमा पर्दा गलत ठाउँमा ऋण प्रवाह हुने भएकाले दबाब भन्दा माथि उठेर आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत प्रमुख कार्यकारीहरुलाई गभर्नर नेपालले निर्देशन दिएका छन।  'नाफा मात्र खोज्ने संचालकका कारण व्यवस्थापनमा दबाब बढ्दा  बैंकहरु समस्यामा परेका छन, निक्षेप भन्दा ऋण प्रवाह बढी भयो, निक्षेप १३ प्रतिशत छ तर करिब १८ प्रतिशत ऋण प्रवाह छ' उनले भने।

'आज नभए भोलि कारबाही हुन्छ, भोलि नभए केहि महिना, केहि बर्षमा हुन्छ तर गलत गर्ने जो कोहि एक दिन कारबाहीको भागीदार बन्नै पर्छ' गलत मनसाय राखेर जनताको पैसा दुरुपयोग गर्ने बैंक संचालकहरुलाई कारबाही हुने स्पष्ट पार्दै गभर्नर नेपालले भने, 'जनताको पैसा सचेत भएर उचित ठाउँमा लगानी गर्नुहोस।'  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved