कामना सेवा बैंकको एकै दिनमा २ शाखा विस्तार

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 04:03:53 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडले एकै दिनमा २ शाखा विस्तार गरेको छ । बैंकले सोमबार लमजुङको सुन्दरबजार नगरपालिका र पर्वतको कुस्मा नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । थप २ शाखा विस्तार गरेसँगै बैंकको शाखा संख्या ४८ पुगेको छ । 

२ अर्ब २८ करोड चुक्ता पुंजी र निक्षेप १४ अर्ब ३७ करोड तथा कर्जा १३ अर्ब २५ करोड रहेको बैंकले जेठ महिना भित्र थप १० वटा शाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved