सिटिजन्स बैंकको ६ वटा शाखा एकैसाथ सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 14, 2018 | 04:11:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैसाथ ६ वटा शाखा सञ्चालनमा ल्याएको छ । इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमिमा गरी कुल ६ वटा शाखाहरु संचालनमा ल्याएको हो । 

बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको  भूमे, हुम्लाको  नाम्खा, अछामको ढकारी, कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा यसै आ.व मा शाखा संचालन गर्ने गरी काम भईरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिए । बैंकले हाल ७४  वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved