ग्लोबल आइएमई बैंकले सोमबार एकै दिन ७ स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले धनुषाको मिथिलाबिहारी नगरपालिका ७ तारापट्टि, बाराको फेटा नगरपालिका ७ फेटा बजार, रौतहटको फतुवाबिजयपुर नगरपालिका ८ बिजयपुर, सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ पातो, डडेल्धुराको अजयमेरु गाँउपालिका ३ भद्रपुर, डोटीको पूर्वीचौकी गाँउपालिका ४ साना गाँउ र बैतडीको दोगडाकेदार गाँउपालिका ३ खोचलेकमा गरी जम्मा ७ वटा नयाँ शाखा स्थापना गरि संचालनमा ल्याएको हो ।
योसँगै बैंकको शाखाको संख्या १ सय २९ पुगेको छ । बैंकले सोमबार देखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । योसँगै बैंकको एटिएम संख्या १ सय ३१ पुगेको छ । बैंकले ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८० शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।