डेभलपमेन्ट बैंकर्स एशोसिएसनको कार्यवहाक अध्यक्षमा ढकाल नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 15, 2018 | 10:17:48 AM मा प्रकाशित

laxmi  sunrise bank

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको कार्यवहाक अध्यक्षमा गोबिन्द प्रसाद ढकाल नियुक्त भएका छन् । संघको बैशाख २८ गते सम्पन्न १२ औ साधारण सभामा विधान अनुरुप ढकाललाई कार्यवहाक अध्यक्षमा नियुक्त गरिएको जानकारी गराईएको हो ।

एशोसिएसनको ११३ औ कार्य समिति बैंठकले एशोसिएसनमा रिक्त रहेका पदहरुमा विधान अनुरुप नियूक्त गरेको हो । ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तथा एशोसिएसनका प्रथम उपाध्यक्ष हुन् । त्यस्तै बैठकले महासचिवमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत   प्रधुम्न पोखरेललाई यहि मिति २०७५ साल बैंशाख मसान्त देखि नियूक्त गरेको छ ।

त्यसैगरी कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीलाई  २०७५ साल बैंशाख २८ गते देखि नियूक्त गरिएको छ । उक्त नियूक्त गरिएका पदहरु आगामी निर्वाचन सम्मको लागि रहेको संघले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved