एक हप्तामा मेगा बैंकका ८ शाखा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 16, 2018 | 02:42:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मेगा बैंक नेपाल लिमिटेडले तनहुँ, स्याङजा र धनुषामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले तनहुँ जिल्लाको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको हो । बैंकले तनहुँमा पहिलोपटक शाखा विस्तार गरेको हो । 

एक हप्ताको अवधिमा बैंकले ८ वटा शाखा सञ्चालनमा ल्याएको छ । गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलामको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा बैंकको नयाँ शाखा विस्तार गरिएको थियो । हाल बैंकले ९१ शाखा, ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम र ५८ शाखारहित केन्द्र मार्फत सेवा प्रदान गर्दै आएको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved