सिद्धार्थ बैंकको थप ४ नयाँ शाखा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 16, 2018 | 03:20:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकले एकैसाथ ४ शाखा विस्तार गरेको छ । बैंकले झापाको गौरादह र पथरी , कैलालीको लम्की र जुम्ला चन्दननाथ नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायतका सेवा प्राप्त गर्न सक्नेछन् । हाल बैंकले देशभर ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा,  १०८ एटिएम र ६८७ पोस मेसिन मार्फत् सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को वैशाख मसान्तसम्म बैंकले कुल निक्षेप ९० अर्ब ६४ करोड र कर्जा लगानी ८२ अर्ब ४ करोड गरेको छ भने सोही अवधीमा बैंकले १ अर्ब ३६ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved