जनता बैंकद्धारा आयोजित ३ दिने स्वास्थ्य शिविर सम्पन्न

निरोज कुमार थापा

निरोज कुमार थापा

May 17, 2018 | 03:21:32 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । बैशाख २८, २९ र ३० मा आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक/कान/घाँटी र सामान्य चिकित्सा सम्बन्धि स्वास्थ्य शिविरमा १ हजार २ सय ९५ जनाले स्वास्थ्य परिक्षण गराएको बैंकले जनाएको छ । ती मध्ये ३० जना विरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको र २९ जना महिलालाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको बैंकले जनाएको छ । उनीहरुको अपरेशनमा जनता बैंकले नै आर्थिक सहयोग गर्ने छ । 

उक्त स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलले चिकित्सक तथा प्राविधिक उपलब्ध गराएका थिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved