वित्तीय असन्तुलन बढेको प्रतिवेदन सार्वजनिक, कर्जा वृद्धिदर उच्च हुँदा गभर्नर नेपाल चिन्तित

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 17, 2018 | 05:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले निक्षेप संकलनको तुलनामा कर्जा वृद्धिदर बढ्दै जाँदा वित्तीय असन्तुलन बढेको बताएको छ। चालु आर्थिक बर्षको नौ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दे राष्ट्र बैकले पुँजीगत खर्च बढेपछि वित्तीय असन्तुलनमा सहजता देखिने अपेक्षा गरेको छ। 

चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा कर्जा प्रवाह १९.५ प्रतिशतले बढेको छ भने निक्षेप परिचालनको वृद्धिदर १५.३ प्रतिशत छ। यो तथ्यांकले  अत्यधिक वित्तीय असन्तुलन रहेको देखाउंछ। यद्दपी आगामी समयमा सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने राष्ट्र बैकको अपेक्षा छ ।

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकको मर्जर कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा समेत राष्ट्र बैंकका गभर्नर ड़ा चिरिन्जीबी नेपालले निक्षेप संकलन र कर्जा प्रवाहबिचको असन्तुलन प्रति चिन्ता व्यक्त गरेका थिए। 

निक्षेप संकलन 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १५.३ प्रतिशतले बढेको छ।

२०७४ चैतमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३५.८ प्रतिशत र ४४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.५ प्रतिशत, ३६.६ प्रतिशत र ४०.६ प्रतिशत रहेको थियो ।२०७४ चैतमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४६.८ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.६ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६.२ प्रतिशत, विकास बैंकहरुको २४.७ प्रतिशत र वित्त कम्पनीहरुको १०.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १९.५ प्रतिशतले बढेको छ ।

२०७४ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.८ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७३ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.८ प्रतिशत र १४.० प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत (रु.४५ अर्ब ७५ करोड) ले वृद्धि भई रु. ११० अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १०.० प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १४.० प्रतिशतले बढेको छ ।त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको छ।

फाइल फोटो


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved