ज्योति विकास बैंकद्वारा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 21, 2018 | 08:50:59 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति विकास बैंक लि.ठमेल शाखाले  बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ  । मनि चेन्जर एसोसियसनको सहकार्यमा काठमाडौंमा रहेका मनि चेन्जर व्यवसायका प्रतिनिधिहरु समेतको उपस्थितिमा शनिवार बैंकले अन्तरक्रिया कार्यक्रम संचालन गरेको हो।

 अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका निर्देशक राम प्रसाद गौतम र साहायक निर्देशक माधव पोखरेलले विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी गराएक थिए भने विदेशी विनिमय प्रमुख भिष्म राज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशन बारे बताउनुका साथै मनिचेन्जर एसोसिएसनका पदाधिकारी तथा सहभागीले राखेको जिज्ञासा बारे प्रष्ट पारेका थिए  । मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्या बारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गरेका थिए ।

अन्तरक्रियामा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ज्योति विकास बैंक विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार गरिएको बताउदै प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंकमा कारोवार गर्न आग्रह गरे । 

हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved