कैलालीको मुनुवामा ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 06:47:21 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले कैलाली जिल्लाको जानकी गाउँपालिका शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।  बैंकले मंगलबार गाउँपालिकाको ४ नम्बर वडा मुनुवामा आफ्नो ८४औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।  सो सेवाको लागि बैंकले स्थानिय अनुप कुमार रावतलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको  छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि सेवा सुरु गरेको बैंकले जनाएको छ । 

 बैंकले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर,  ८४ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।  बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved