एनआईसी एशिया र क्लियरिङ्ग हाउसबीच सहकार्य, १ लाखसम्मको राजश्व अनलाइनबाटै तिर्न सकिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 22, 2018 | 07:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एन आई सी एशिया बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँगको सहकार्यमा ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सकिने सेवा संचालनमा ल्याएको छ । 

यस सेवा अन्तर्गत ग्राहकले १ लाखसम्मको राजश्व छिटो, छरितो, सरल एवं सुबिधायुक्त रुपमा भुक्तान गर्न सक्ने छन्  । सो सुबिधा उपयोग गर्न बैंकका ग्राहकले एक पटकका लागि आफ्नो खाता नं. क्लियरिङ्ग हाउसको ई–पेमेन्ट सम्बन्धी वेबसाइट www.connectips.com मा दर्ता गराई सो को फारम डाउनलोड  बैंकको कुनै पनि शाखामा गई रुजु गराउनु पर्ने बैंकले जनाएको छ । फारम रुजु भए पश्चात रू. १ लाखसम्मको राजश्व कुनै पनि समयमा नेपाल सरकारको https://rajaswa.fcgo.gov.np मा लग ईन  गरी राजश्व भुक्तानी गर्न सक्ने छन् । सो सम्बन्धी विस्तृत विवरण नेपाल क्लियरिङ्ग हाउसको वेबसाइटबाट समेत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  ग्राहकको सुविधालाई मध्यनजर गर्दै  डिजिटल भुक्तानी प्रणाली अन्र्तगत यस्ता सुविधाहरुलाई भबिष्यमा अझ थप गर्दै लैजाने बैंकले विश्वास लिएको छ । 

बैंकले मुलुकभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved