इन्भेष्टमेन्ट बैंक विदेशबाट ऋण ल्याउने प्रकृयामा, आइएफसीसँग कर्जा लिन पाउने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 09:57:45 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टमेण्ट बैंक र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आइएफसी) बिच कर्जा सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा इन्भेष्टमेण्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका तर्फबाट आवाशीय प्रतिनिधी एम रेहान रशिदले हस्ताक्षर गरेका छन।

यस सम्झौता पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकले आइएफसीसँग कर्जा लिन पाउने छ। अन्तराष्ट्रिय कम्पनीसँग कर्जा लिन नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने प्राबधान छ। आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा उपलव्ध गराउने छ ।

यसअघि नेपाल इन्भेष्टमेण्ट बैंक लि. र आइएफसीबिच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ । व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए । प्राप्त रकम नेपालीे साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने छ ।

शाखा संख्या ७० वटा पुगेको नेपाल इन्भेष्टमेण्ट बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved