गरिमा रेमिट संचालन गर्न गरिमा, मुक्तिनाथ र महालक्ष्मी विकास बैंकबीच सम्झौता

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

May 24, 2018 | 10:45:53 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ र महालक्ष्मी बिकास बैंकले गरिमा रेमिट संचालनमा ल्याएका छन। गरिमा रेमिट संचालनका लागि गरिमाको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र मुक्तिनाथको तर्फबाट सहायक प्रमूख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन। 

त्यसैगरी गरिमा रेमिट सञ्चालन सम्बन्धमा गरिमा र महालक्ष्मीबीच समेत सम्झौता भएको छ। यस सम्बन्धि सम्झौतामा गरिमाको तर्फबाट नायब महाप्रबन्धक उपाध्याय र महालक्ष्मीको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत ध्रूवराज तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन।

सम्झौतापश्चात मुक्तिनाथ बिकास बैंकका देशभर रहेका ७८ वटा शाखा र महालक्ष्मी विकास बैंक लिमिटेडका ७१ शखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिनेछ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved