विहीबार प्रभु बैंक लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बैंकको प्रधान कार्यालय बबरमहलमा सम्पन्न वार्षिक साधारण सभाबाट सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व.०७३/०७४ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित भएको छ । बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आ.व. २०७३/७४ को एकीकृत वित्तीय विवरण पनि पारित भएको ।
साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले डिवेञ्चर तथा वण्ड जारी गर्न सक्ने, सार्वजनिक निष्काशन गरिएका धितोपत्रहरु निष्कासन हुँदा लगानतीकर्ताबाट दरखास्त संकलन गर्ने, कम्तिमा १ जना महिला सञ्चालक रहने व्यवस्था मिलाउन बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ ।
अन्य बैंक तथा वित्तीय संस्था एक्विजिशन (प्राप्ति) तथा खरिद सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याँकन गर्न मान्यता प्राप्त मुल्याँकनकर्ता नियुक्ती गर्ने अन्य बैंक तथावित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) तथाखरिद सम्बन्धी समझदारी पत्रतर्जुमा गरी सो सम्बन्धीप्रक्रिया सम्बन्धी अगाडी बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।
सञ्चालक समितको निर्णय बमोजिम रिक्त सञ्चालक पदमा नियुक्त भएका सञ्चालकहरु शंकरप्रसाद कालिकोटा र अन्जु अधिकारीको नियुक्तीलाई अनुमोदन गरेको छ ।