मुक्तिनाथ विकास बैंकका २ शाखा रुपन्देहीको तिलोत्तमा नगरमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 24, 2018 | 06:13:56 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक लि. ले रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा आज आफ्ना दुई शाखा कार्यालय विस्तार गरेको छ । बैंकले तिलोत्तमा नगरपालिका वडा नं. १, ड्राईभरटोल र वडा नं १५ कोटिहवामा क्रमशः ८१ औं र ८२ औं शाखा विस्तार गरेको हो । 

ड्राईभरटोल शाखाको उद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले र कोटिहवा शाखाको उद्घाटन सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले गरे । यस विकास बैंकको रुपन्देही जिल्लामा बुटवलको ट्राफिक चोक, भैरहवाको गल्लामन्डी, हरैया र रामापुर कोलोनीमा यस अघि नै शाखाहरु संचालनमा आईसकेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved