सेञ्चुरी बैंकका ३ नयाँ शाखा सञ्चालनमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 30, 2018 | 03:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र दाङको घोराही नगरपालिमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले स्थानिय जनप्रतीनिधिहरु तथा उद्योग वाणिज्य संघका प्रतीनिधिहरुको उपस्थितीमा सबै शाखाको औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम पनि उपस्थित थिए । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved